Subscribe

पुन निर्माण पश्चात अनन्तलिङ्गेश्वर मन्दिरको समुद्घाटन !

अनन्तलिङ्गेश्वर महादेव मन्दिर !

भक्तपुर स्थित सुर्यविनायक नगरपालिका वडा नं ४ अनन्तलिङ्गेश्वर महादेव मन्दिर , अनन्त झुला एवं झोलुङ्गे पुलको समुद्घाटन भएको छ ।

 

विगत ४ वर्ष देखी निर्माणाधिन अवस्थामा रहेको यो मन्दिर आज निर्माण कार्य सम्पुर्ण भएर उद्धघाटन गरीएको हो ।

 

२०७२ सालको विनाशकारी भुकम्पले क्षत विक्षत बनाएका मन्दिरका भौतिक संरचनाहरु निर्माण कार्य सम्पन्न भएको छ ।

कार्यक्रममा उप–प्रधान तथा रक्षा मन्त्रि माननीय ईश्वर पोख्ररेल ज्युको प्रमुख आतिथ्यतामा मन्दिर, अनन्त झुला एवं झोलुङ्गे पुलको समुद्घाटन गर्नु भएको थियो ।

 

विशेष अतिथि पूर्व उधोग मन्त्री एवं प्रतिनिधि सभाका सदस्य माननीय महेश बस्नेत ज्यु,विशिष्ट अतिथि पूर्व पर्यटन मन्त्री आनन्द पोखरेल ज्यु,सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा , उप–प्रमुख जुना बस्नेत लगायत अन्य संघसंस्थामा आवद्ध हुनु विशिष्ट पदाधिकारिहरु ज्युहरुको पनि उपस्थिति रहेको थियो भएको थियो भने स्थानिय वासिको बाक्लो उपस्थिती रहेको थियो ।

उप–प्रधान तथा रक्षा मन्त्रि माननीय ईश्वर पोख्ररेल ज्युले मन्तव्यको क्रममा यस स्थानका जनप्रतिनिधिहरुलाई यहाँको विकासका कार्यहरु छिट्टै भएको भन्दै उहाले सम्पूर्ण जनप्रतिनिधिहरु र मन्दिरमा सहयोग गर्नु हुने सम्पूर्ण दाताहरुलाइ सम्मान गर्दै धन्यवाद दिनु भएको थियो ।

 

उहाँले कार्यक्रमा बोल्दै यस मन्दिरको संरक्षण यहाँका जनप्रतिनिधिहरुले मात्र नभई स्थानिय वासिले पनि यो हाम्रो सम्पति हो यहि अठोट लिएर स्थानिय बासि पनि अगाडि बढ्नु पर्छ भन्दै उहाले सबैलाई आग्रह गर्नु भएको थियो ।

 

कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथि ज्युहरुले मन्दिर पुन निमार्ण भएको देख्न पाउदा अत्यन्तै खुशि भएको बताउदै सबैले शुभकामना दिनु भएको थियो ।

प्रकाशित समय १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्