Subscribe

आज मंगलबार गणेश भगवानको पुजा आजा गर्ने दिन !

हिन्दु धर्मावलम्बी !

हिन्दु धर्मावलम्बीलमा हप्ताको हरेक बारलाई देवी देवताको बार मानिन्छ । मंगबारको दिन विशेष गरी विध्नहर्ता गणेश भगवानको पुजा आजा गर्ने गरिन्छ । यस दिन काली माता दुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ ।

हिन्दु धर्मावलम्बीहरुले सबै भन्दा पहिले पुजा आरधना गर्ने भगवानको रुपमा गणेश भगवानलाई चिनिन्छ । हाक्तिको शिर मानिसको जस्तो शरीर भएको ठूलो शरीरका रुपमा भगवान गणेशलाई विध्नहर्ता र सिदधी विनायक भनेर पुजा गरिन्छ ।

नेपाल तथा भारतमा धैरै मानिसहरुको नाम गणेश राखिएकोे पाईन्छ । शिवपुराणमा गणेशको नामबाट परिचित भगवान गणेशको पुजा गर्ने तिथि मिती विधी विधानमा एकरुपता रहेको छ ।

काठमाडौको उपत्यकामा रहेका चार गणेशस्थानमा आज व्रतालु र श्रद्धालु भक्त्तजनहरुको विशेष घुँइचो लाग्ने गर्दछ । भगवान गणेशको पुजा सबै देवी देवताहरु भन्दा पहिले नै हुने गर्दछ ।

भगवान गणेशको पुजा आरधना नगरी कुनै कार्य गर्दा पनि सफल हुदैन भन्ने मान्यता रहेको छ । त्यसैले काममा कुनै विध्नबाधा उत्पन्न नहोस भनेर कुनै कामको थालनी गर्नु भन्दा पहिले भगवान श्री गणेशको पुजा गरिन्छ । यस दिन व्रत बस्दा विहानको खाना खान हुदैन र साझको खानामा नुन मिसाउनु हुदैन ।

भगवान गणेश शिव र पार्वतिका पुत्र हुन्

प्रकाशित समय १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्