सुन्दर र शान्त वातावरणमा राम मन्दिर !
भगवान राम !

तार्केश्वर नगरपालीकामा वडा न ७ बस्नेत गाउँमा भगवान राम मन्दिरको निर्माण भएको छ । यो मन्दिर शान्त र हरियाली बातावरणको बीचमा अवस्थिीत छ ।
मन्दिर विःस २०५९ साल भाद्र महिनाको कृष्ण जन्माष्टमीका दिन उद्घाटन भएको थियो उक्त मन्दिर समाजसेवी ईन्द्रबहादुर बस्नेत ज्युको एकल प्रयासमा निर्माण भएको हो ।
मन्दिर निर्माणका लागी आर्थिक रकम लगभग २ करोडको लागतमा भएको हो ।
हाल यो मन्दिरको संरक्षण ,संम्र्बद्धन र प्रर्वद्धन स्थानीय बासीले गर्दै आएका छन् ।
यस मन्दिरमा विभिन्न पर्वहरुको समयमा भिड लाग्ने गर्दछ । साथै मन्दिर निर्माण भए पश्चात विभिन्न स्थानबाट भक्तजनहरुको बाक्लो उपस्थीती रहने बारे स्थानीयले बताए ।
अन्य समयमा भन्दा साउन महिनामा विभिन्न खालका धार्मिक कार्यक्रमको आयोजना हुने गर्दछ ।
कस्तो छ त राम मन्दिर हेनुहोस पुरा भिडियो सहित साथै like and share गर्न नभुल्नुहोला
प्रकाशित समय ११:१८ बजे