Subscribe

इतिहासमा पहिलो पटक अष्ट्रेलिाको सिड्निमा श्रीमद् भागवत सप्ताह ज्ञान महाज्ञ सम्पन्न !

अष्ट्रेलिया सिड्निको रिर्जन्स पार्क साई मन्दिरमा भव्य रुपमा श्रीमद् भागवत सप्ताह ज्ञान महाज्ञ सम्पन्न भएको छ !

काठमाडाै  ! असार  ! इतिहासमा पहिलो पटक अष्ट्रेलिाको सिड्निमा जुलाई ८ तारिखमा सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महाज्ञ सम्पन्न भएको छ ।

जुलाई महिनाको ८ तारिख देखि सुरु भएको अनुष्ठान जुलाई १४ तारिखका दिन सम्म नेपाली हिन्दु समाज अष्ट्रेलियाद्धारा पहिलो पटक आयोजित श्रीमद् भागवत सप्ताह धार्मिक अनुष्ठान २०१९, अष्ट्रेलिया सिड्निको रिर्जन्स पार्क साई मन्दिरमा भव्य रुपमा भएको थियो ।

नेपाली हिन्दु समाज अष्ट्रेलियाले आयोजना गरेको उक्त अनुष्ठान नेपालीहरु जुन सुकै कुनाकन्दरामा पुगेता पनि आफ्नो कला,धर्म,संस्कार र संस्कृतिलाई सदासर्वदा जोगाई राख्नु पर्छ भन्ने हेतुले अनुष्ठानको आयोजना गरेको थियो ।

कार्यक्रममा सामुहिक व्रतबन्ध,गुनिउ चोलि र महायोगि सिद्ध बाबाको आर्शिवचन रहेको थियो । कार्यक्रमको सात दिन नेपालका दोस्रो जगत गुरु बाल सन्त मोहनशरण देवार्चाय ज्युले आर्शिवचन सहित युुवा प्रखर वक्ता पं श्री कुवेर सुवेदि ज्युले कथा वाचन गर्नु भएको थियो ।

त्यस्तै गरि कला,धर्म ,संस्कार र संस्कति जोगाई राख्नु पर्छ भन्ने लक्ष्य उदेश्य लिएर सदैव अगाडि बढि रहनु भएका धार्मिक अभियान्ता एवं ॐकार टेलिभिजनका निर्देशक मुकुन्द शर्मा ज्युले त्यहा सात दिनका गतिविधिहरु ॐकार टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गर्नु भएको थियो ।

राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुले श्रद्धालु भक्तजनहरुलाई मनोरञ्जन एवं ज्ञान वर्दक झाकिहरु प्रस्तुत गर्नु भएको थियो । यस अनुष्ठानमा भक्तजनहरुकाके उल्लेखनिय उपस्थिति रहेको थियो ।

प्रकाशित समय १७:२२ बजे

प्रतिक्रिया दिनुहोस्