Subscribe

कैलासपुरी महादेव प्राचिन सभ्यता बोकेको मन्दिर हो !

यस मन्दिरको इतिहास हेर्ने हो भने पहाडको ढिस्कोले पुरीएर रहेको स्थानमा उत्खनन् गर्दा प्राचिन सभ्यता बोकेको शिवलिङ्ग हरु विराजमान अवस्थामा रहेको पाइन्छ

हाम्रो देश नेपाल एक यस्तो पुण्य भूमी हो । जहाँ विभिन्न कालखण्डमा उत्पति भए अनुसार विभिन्न ठाउँमा विभिन्न शक्ति पिठहरुको उत्पति भएको पाइन्छ ।

नेपालमा प्रकृति देविले विभिन्न खालका प्राचिन सभ्यता बोकेका कलात्मक पुरातात्वहिक विषयबस्तु अगाडी नै रहेको छ । हामी नेपालीहरुले नेपाली भएर जन्मन पाउदा गौरव गर्नाे विषय बनेको छ ।
यस्तै गौरव गर्ने विषय पर्दछ कैलासपुरी महादेव यस मन्दिर सर्लाही जिल्ला हरिऔन नगरपालिका वडा न १मा अवस्थित रहेको छ ।

विगत १४ औ शताब्दीमा कलात्मक ,एंव प्राचिन सभ्यता बोकेको मन्दिर हो कैलास पुरी महादेव ।
यस मन्दिरमा संस्कृत विध गोविन्द टन्ड्न ज्युले उक्त क्षेत्रको अवलोकन गरेर यस क्षेत्रलाई प्राचिन सभ्यता झल्काउन सहयोग पु¥याउन भएको थियो ।

यस मन्दिर अत्यन्तै पुरानो साथै विकट रहेको छ । यस मन्दिर घना जंगलको बीचमा रहेको छ । भने मन्दिर वरपर केही चौतारा देख्न सकिन्छ ।

मन्दिरलाई संरक्षण सम्बद्धन र प्रवद्धन गर्नका लागी स्थानीय कै पहलमा २०७५ साल फागुन २७ गते शिव पुराण लगाएर शिव पुराण बाट उठेको आर्थिक संकलनले मन्दिरको पुन निर्माण साथै धर्मशालाको निर्माण कार्य हुदै छ ।

यस कैलासपुरी महादेव मन्दिरमा साउन महिनाभर श्रद्धालु भक्तजनहरुको उल्लेखमय सहभागीता रहेको हुन्छ ।

यस मन्दिरको इतिहास हेर्ने हो भने पहाडको ढिस्कोले पुरीएर रहेको स्थानमा उत्खनन् गर्दा प्राचिन सभ्यता बोकेको शिवलिङ्ग हरु विराजमान अवस्थामा रहेको पाइन्छ ।

यस कैलासपुरी महादेवको वरपर राम सिता लक्ष्मण को मन्दिर , राधा कृष्णको मन्दिर , हनुमानजीको मन्दिर साथै निकै नै दुर्लव एंवम् प्राचिन महत्व बोकेको उमा महेश्वरको मुर्ति पनि यहाँ देख्न सकिन्छ । मन्दिर वरपर अन्य देवी देवताहरु लाई पनि स्थापित गराईएको छ ।

पर्यटकीय स्थलको विकासका लागी मन्दिर समितीले उक्त क्षेत्रमा झोलुङगे पुलको निर्माण गरी कैलास पुरी झुला नामाकरण गरेको छ । उक्त झुला निर्माणधिन अवस्थामा रहेको छ ।

यहाँ आई भगवानको दर्शन गर्नाले आफ्नो मनोकाक्षा पुर्ण हुने जनविश्वास रही आएको छ ।

यस्ता विभिन्न महत्व बोकेका पावन धार्मिक स्थलले राष्ट्रिय गौरव गर्ने विषय बनेको छ । यस्ता पावन दिव्य धाममा नेपाल सरकारको ध्यान जाने हो भने यस क्षेत्रको मुहार छिटै फेरिन छ ।

प्रकाशित समय १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्