Subscribe

हाम्रो धर्म संस्कृति नाश गर्न यस्तो गुठी विधेयक तयार पारेको भन्दै जनताहरु सडकमा उत्रीएका छन् !

नेपालमा पहिलो पटक काठमाडौ उपत्यका बासी सरकारले पारित गरेको गुठि विधेयक २०७५को विषयलाई लिएर आम जनाताहरु आन्दोलनमा उत्रिएका छन् ।

नेपालमा पहिलो पटक काठमाडौ उपत्यका बासी सरकारले पारित गरेको गुठि विधेयक २०७५को विषयलाई लिएर आम जनाताहरु आन्दोलनमा उत्रिएका छन् ।

सरकारले केही समय अघि नेपाललाई धर्म निरपेक्षता राष्ट्र घोषण गरेको थियो । यस विषयलाई पनि लिएर नेपाली आम जनताहरु आन्दोदनमा उत्रिएका थिए । तर नेपाल सरकारले नेपाललाई धर्म निरपेक्षता घोषणा गरेरै छाडेको थियो ।

हाल नेपालमा हाम्रो धर्म संस्कृति नाश गर्न यस्तो गुठी विधेयक तयार पारेको भन्दै जनताहरु सडकमा उत्रीएका छन् । गुठी विधेयकले नेपालको पहिचान र मौलिकता हराउदछ भन्दै सरकारले यदि गुठी विधेयकलाई फिर्ता नलिएमा आन्दोलन चर्किने बताउछन आन्दोलनमा उत्रिएका जनताहरु नेपालका यूवाहरु हाम्रो धर्म र सम्पदाहरु मसिन दिनु हुदैन भन्दै स्वत स्फुर्ति रुपमा उठेको भन्र्दै सरकारले यदि यो विषयलाई समयमै ध्यान दिनु पर्ने माग पुरा होस भन्दै उपत्यकामा गुठी विधेयक विषयमा नेवारी जातिहरुको विशेष रुपले आन्दोलनको ठूलो रुप लिएको छ ।

सरकारले संस्कृति र सम्पदा मास्ने गरी भु माफियाको पक्षयमा गुठी विधेयक ल्याएको भन्दै काठमाडौ उपत्यका लगायत अन्य स्थानमा पनि आन्दोलन दिन प्रतिदिन चर्किदै गएको छ ।
नेवा अभियानको नेतृत्वमा दिन प्रतिदिन प्रदर्शन ,जुलुस कोण सभा हुदै आएको छ ।
यस्तै गरी गुठी विधेयक २०७५ खारेज गर भन्दै श्री पशुपति ग्वल पुच समाजको आयोजनामा असार ३ गते मंगलबारका दिन किहान ७ः३० बजे देखी पशुपति मन्दिर प्रागण हुदै भुवनेश्वरी चोक सम्म त्याली निकालेको थियो । उक्त त्यालीमा नेपाली कांग्रेसका युवा सांसद माननिय गंगन कुमार थापा ज्यु सामाजिक अभियान्ता भरतजगंम ज्यु लगायत श्री पशुपति विकास क्षेत्र कोष र अन्य संङसंस्थामा आबद्ध विशिष्ट व्यक्त्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो ।

त्यालीको क्रममा नेपाली कांग्रेसका युवा सांसद्ध गंगन कुमार थापा ज्युले गुठी विधेक बारे सनातन धर्मले हाम्रो धर्मको रक्षा गरेको छ भने राज्य संचालन गर्नेले पनि राज्यको रक्षा गर्नू तपाई हामी सबैको कर्तव्य हो । भन्दै संविधानका बारे बताउनु भयो ।
यस्तै गरी कार्यक्रममा उपस्थित सामाजीक अभियान्ता लगायत विशिष्ट व्यक्त्तित्वहरुले गुठी विधेयक बारे आफ्नो भनाई राख्नु भएको थियो ।

प्रकाशित समय १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्