Subscribe

About Us

हाम्रो बारे

बिश्वमा अलग पहिचान बोकेको हाम्रो देश नेपालको महिमालाई भित्री रुपमा अध्ययन अनुसन्धान गरी बिश्व मै चिनाउन २०६६ साल भाद्र महिना देखी युवा प्रयास ॐकार ध्वनि संकल्पकर्ता मुकुन्द शर्माको एकल प्रयास मै ॐँकार ध्वनि नेपाल टेलिभिजनबाट शुरु भएको थियो । शुरुका दिनमा परमार्थ चिन्तन, आत्मा चिन्तन, अध्यात्म बिज्ञान, हाम्रो धर्म संस्कृति जस्ता कार्यक्रमहरुमा कुशल प्रस्तुति सहित धार्मिक कायक्रमको जगतमा अलग पहिचान सहितको ॐकार ध्बनिको जन्म भयो । युवा प्रयासबाट सघर्ष गर्दै अधि बढने क्रममा ९४ॐकार परिवारहरुको आवाज वुलंद गर्न ॐकार ध्वनि शुरुभएकै स्थान केदारनाथको शिर डोलेश्वर प्रांगणवाट ॐकार टेलिभिजन संचालन गर्न संकल्प २०७१ सालको शाली नदि मेलामा ॐकार परिवार नेपालका अध्यक्ष मुकुन्द शर्माले गर्नुभएको हो । २०६६ साल देखी टेलीभिजन कार्यक्रमको रुपमा शुरुभएको यस अभियानले छुट्टै पहिचान बनाइसके पश्चात २०७० सालमा ॐकार पविार नेपाल नामक सामाजिक संस्था दर्ता गरी अधि बढिरहेको छ ।

संस्थाका उद्धेश्यहरु
१ नेपालको धार्मिक सम्पदालाई बिश्व मानचित्रमा स्थापित गराउनु
२ नेपालको स्वाधीनतालाई रक्षा गनको लागि धार्मिक सचेतना जागृत गराई सम्पूर्ण नेपालीलाई जागरुक बनाउनू
३ हिन्दु,बौद्ध, शिख ,किराँत सम्प्रदायलाई ॐकार परिवार भित्र आबद्धगरी नयाँ नेपाल नयाँ धर्मिक जागरण पैदा गर्न
४ सनातन धार्मिक स्वतन्त्राको देश स्थापित गराई हिन्दु देश कायम गर्न किसिमका कार्यहरु संचालनगर्ने

कार्य समिति (ऊँकार परिवार नेपाल )
अध्यक्ष : मुकुन्द शर्मा
उपाध्यक्ष : कुबेर सुबेदी
सचिब : सुमन सिवाकोटी
महासचिब : राजकुमार घिमिरे
सदस्य : रिना श्रेष्ठ
सदस्य : पार्बती श्रेष्ठ

ॐँकार टेलिभिजन उपसमिति
परिवार नेपालको पस्तुति ॐकार टेलिभिजन सँचालक समिति संरक्षक ज्यूहरुवाट
अध्यक्ष : मुकुन्द शर्मा
उपाध्यक्ष : केशब पुरी
सचिब : सस्वती बिष्ट

प्रतिकृया दिनुहोस्