आज पनि प्रधानन्यायाधीशको बहिर्गमन माग गर्दै विरोध प्रदर्शन

Facebook
WhatsApp
Twitter


काठमाडौँ । नेपाल बार एशोसियशनले आज पनि प्रधानन्यायाधीशको बहिर्गमन माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाट न्यायालयका विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता तथा गरिमा कायम राख्न नसकेको भन्दै बारले उनको राजीनामा माग्दै आएको छ ।

आज पनि सोही माग अनुसार प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतको इजलासमा नबस्न भन्दै कालोपट्टी बाँधेर विरोध तथा धर्ना कार्यक्रम जारी राखेको हो ।

Leave a Reply

Your email address will not be published.