काठमाडौँ । पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना १७ बर्षपछि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।
सन् २००३–०४ पछि पहिलो पटक बार्सिलोना अन्तिम १६ मा स्थान बनाउन असफल भएको हो । यसै वर्ष आर्थिक समस्याका कारण स्टार खेलाडी लियोनल मेस्सीलाई गुमाएको बार्सिलोनाको लागि यो अर्को खराब स्थिति हो ।
बुधबार राति बायर्न म्युनिखको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना बायर्न म्युनिखसँग ३–० ले पराजित भएको हो । समूह ‘इ’कै अर्को खेलमा बेन्फिकाले ड्यनामो केईभलाई २–० अन्तरले पराजित गरेपछि पूर्वखेलाडी जाभि होर्नाण्डेजको बार्सिलोना १७ बर्षपछि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिन बाध्य भयो ।
समुहको अर्को खेलमा बेन्फिकाले ड्यना–मोलाई २–० अन्तरले पराजित गर्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनायो । जितसँगै बायर्नले ६ खेलबाट अपराजित रहँदै १८ अंक जोडेर शीर्ष स्थानमा रह्यो । बेन्फिका ८ अंक बनाउँदै दोस्रो स्थानमा रहँदै उपविजेता भएको छ ।