काठमाडौँ । भारतका पूर्व सेनापति तथा चिफ डिफेन्स स्टाफ जनरल विपिन रावतको मृत्युमा उत्तराखण्ड राज्यल तीन दिन राजकीय शोक मनाउने घोषणा गरेको छ ।
बुधबार रावत चढेको हेलिकोप्टर तामिलनाडुको कुन्नुरु भन्ने स्थानमा दुर्घटना भएको थियो। यो दुर्घटनामा परी रावत र उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो । हेलिकोप्टर दुर्घटनाबारे आज गृहमन्त्री राजनाथ सिंहले संसदमा जानकारी दिने भएका छन् ।
तामिलनाडुमा भएको सेनाको हेलिकोप्टर दुर्घटनाको विषयमा सिंहले सदनमा जानकारी दिन लागेका हुन । आज साँझसम्म उनको शव दिल्ली ल्याइनेछ । उनको अन्तिम संस्कार दिल्लीको केन्ट क्षेत्रमा गरिनेछ ।
रावत र उनकी पत्नीको मृत्यु भएको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित धेरै नेता तथा सेनाका पूर्व अधिकारीले दुःख व्यक्त गरेका छन ।