काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति एवम् शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताएका छन् । यदि सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने देउवाको भनाई छ ।
सहमहामन्त्री महामन्त्री डा. प्रकाशहरण महतले लेखेको पुस्तकआज काठमाडौंमा विमोचन गर्दै प्रधानमन्त्री देउवाले प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविक रुपमा लिएर कुनै पनि प्रकारको कटुता नराख्न आह्वान गरेका छन ।
महाधिवेशनमा भाग लिन उत्साहपूर्वक काठमाडौं आएका नेता–कार्यकर्ताहरू उस्तै उत्साह बोकेर जिल्ला फर्किने र आगामी चुनावमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउने कार्यमा लाग्न सभापति देउवाले आह्वान गरेका छन।
कार्यक्रममा प्रधानमन्त्री देउवाले कांग्रेस सहमहामन्त्री डा. प्रकाश शरण महतले लेखेको ‘नेपाली कांग्रेस र नेशन बिल्डिङ’ नामक पुस्तक विमोचन गरे । यो पुस्तक डा. महतले नेपाली त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययन गर्दा लेखेको शोधपत्रको संशोधित रुप हो ।