कांग्रेसको १४ औँ महाधिवेशनको सुरक्षाको लागि १० हजारभन्दाबढी सुरक्षाकर्मी खटिने

Facebook
WhatsApp
Twitter

काठमाडौँ ।शुक्रवार देखि सुरु हुने कांग्रेसको १४ औँ महाधिवेशनको लागी प्रर्दशन मार्गस्थित भृकुटीमण्डपमा तयारी अन्तिम चरणमा पुगेको छ ।

कम्तीमा पनि तीन दिनसम्म चल्ने महाधिवेशनमा काठमाडौं उपत्यकाभित्रको सवारी प्रभावित हुने देखिएको छ । महाधिवेशनमा ५० हजार नेता तथा कार्यकर्ता सहभागी हुँदा कार्यक्रम स्थल वरपरको सवारी आगमनमा प्रभावित हुने देखिन्छ ।

तर महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सवारीको आगमनलाई प्रभावित हुन नदिने गरी ट्राफिक व्यवस्था मिलाएको दाबी गरिएको छ । महाधिवेशन अवधि ट्राफिक व्यवस्थापन गर्ने एसपी संञ्जीव दास शर्माको नेतृत्वमा ३ सय ५० जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

काठमाडौं उपत्यकाभित्र दैनिक करिब १ हजार ट्राफिक प्रहरी खटिदैं आएका छन । अहिले देशका विभिन्न जिल्लाबाट कांग्रेस नेता तथा कार्यकर्ताहरू काठमाडौं आउन थालिसकेका छन । महाधिवेशनमा आउने नेता तथा कार्यकर्ताहरूको सवारीले काठमाडौंको आगमनमा प्रभावित नहोस् भने सवारीहरू टुँडिखेल नजिकैको पुरानो बसपार्कमा व्यवस्था गरिएको छ ।

त्यस्तै प्रर्दशनीमार्ग सडक एकतर्फि बनाइने प्रहरीले जानकारी दिएको छ । त्यस्तै महाधिवेशन सुरक्षाको लागि १० हजारभन्दाबढी सुरक्षाकर्मी खटिने भएका छन् ।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भूमिका छैन् : गंगा दाहाल

काठमाडौ, १४ असोज । अन्तर्राष्ट्रिय मुल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उल्लेख गर्दै यसमा सरकारको कुनै भुमिका नहुने प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव

Read More »
अर्थ
Omkar Tv

१३ अर्ब बढिको विकास ऋणपत्र निष्कासन गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौ, १४ असोज । नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८८–ग’

Read More »
राजनीति
Omkar Tv

मूल्यवृद्धिको विरोधमा रास्वपाले बहिस्कार गर्यो सात दलको बैठक

काठमाडौ, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिस्कार गरेको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले

Read More »