काँग्रेसको महामन्त्रीका लागि बालकृष्ण खाण, एनपी साउद र प्रकाशशरण महतको दाबी

Facebook
WhatsApp
Twitter

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १४ औं महाधिशेवशनमा आफ्नो समूहबाट पदाधिकार छान्न सकस परेको छ। देउवा निकट नेताहरुले एउटै पदमा आकांक्षा देखाउँदा देउवालाई नेताहरुलाई मिलाउन हम्मेहम्मे परेको हो ।

प्रधानमन्त्री देउवाको निजी निवास बुढानीलकण्ठमा बसिरहेको बैठकमा देउवा निकट तीन जनाले महामन्त्रीमा दाबी गरेका छन । महामन्त्रीमा गृहमन्त्री बालकृष्ण खाण, एनपी साउद र प्रकाश शरण महतले दाबी गरेका छन्।

महामन्त्रीका अर्का दाबेदार ज्ञानेन्द्रबहादुर कार्की भने भर्खर मात्रै देउवा निवासमा पुगेका छन्। कांग्रेसको विधान अनुसार २ जना मात्रै महामन्त्री महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ।

देउवा टिमबाट महामन्त्रीमा सबैभन्दा बलिया दाबेदारको रुपमा गृहमन्त्री बालकृष्ण खाण रहेको बताइन्छ। तरुण दल हाँक्दै गृहमन्त्री बनेका खाण देउवाका विश्वासपात्र हुन्। संसदमा समेत देउवाले खाणलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पनि महामन्त्रीका आकांक्षी हुन्। देउवाले भने शर्मालाई सहमहामन्त्रीमा बस्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भूमिका छैन् : गंगा दाहाल

काठमाडौ, १४ असोज । अन्तर्राष्ट्रिय मुल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उल्लेख गर्दै यसमा सरकारको कुनै भुमिका नहुने प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव

Read More »
अर्थ
Omkar Tv

१३ अर्ब बढिको विकास ऋणपत्र निष्कासन गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौ, १४ असोज । नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८८–ग’

Read More »
राजनीति
Omkar Tv

मूल्यवृद्धिको विरोधमा रास्वपाले बहिस्कार गर्यो सात दलको बैठक

काठमाडौ, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिस्कार गरेको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले

Read More »