काठमाण्डौं । एमसीसीको विरोधमा विभिन्न ६ पार्टीले मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय गरेको छ ।
आज काठमाडौंमा बसेको दुई मोर्चा सहित विभिन्न ६ दलको बैठकले संसद भवन घेराउ गर्ने निर्णय गरेको हो ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालगायतका दल तथा मोर्चा संगठनले एमसीसीको विरोधमा राजधानीका विभिन्न ठाउँमा प्रदर्शन समेत गर्ने भएका छन् ।
पार्टी तथा मोर्चाले २७ गते नेपालस्थित एमसीएको कार्यालय घेराउ गर्ने निर्णयसमेत गरेका छन् । त्यस्तै २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । थप आवश्यकता परेमा त्यसै अनुसार कार्यक्रम तय गर्दै आन्दोलनलाई जारी राख्ने निर्णय भएको हो ।
संघीय संसदको दुबै सदनको बैठक मंसिर २८ गते दिउँसो बस्ने तय भएको छ । उक्त बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव जानसक्ने भन्दै आन्दोलनका कार्यक्रम तय गरिएको छ ।