काठमाण्डौ । तमिलनाडुको नीलगिरी जिल्लाको कुन्नुरमा आज भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय स्थल सेनाध्यक्ष बिपिन रावत आफ्ना कर्मचारी र परिवारका सदस्यसहित सवार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकप्टरमा सेनाका केही उच्च अधिकारी पनि रहेको जनाईएको छ ।
हेलिकप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए । दुर्घटनाग्रस्ता विमानबाट तीन जनालाई बचाइएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।