निर्माण कम्पनीको क्षमता बढाएर सार्वजनिक कम्पनी बनाउन आवश्यक : रामकुमारी झाँक्री

Facebook
WhatsApp
Twitter

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पारिवारिक खालका साना निर्माण कम्पनीले सरकारको सार्वजनिक खर्च गर्न नसक्ने बताएकी छन्।

आज काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघले १४औं राष्ट्रिय निर्माण दिवसको अवसरका आयोजना गरेको प्रभातफेरि कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।

मन्त्री झाँक्रीले सरकारको सबैभन्दा ठूलो सार्वजनिक खर्च गर्ने निर्माण कम्पनी पारिवारिक खालको दुई वटा इन्जिनियर, दुई वटा जेसीभी र दुई वटा ट्रिपर राखेर बनाएको कम्पनीले राज्यको सार्वजनिक खर्च गर्न नसक्ने उल्लेख गरेकि छन् । । निर्माण व्यवसायी सरकारको खर्च गर्ने महत्त्वपूर्ण क्षेत्र भएको भन्दै निर्माण व्यवसायीहरुले काम गर्ने क्षमतालाई विकास गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।

मन्त्री झाँक्रीले निर्माण कम्पनीको क्षमता विकास गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिस्पर्धा गर्न सक्नुपर्नेमा जोड दिएकी छन् । स्वदेशमा मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रमासमेत प्रतिस्पर्धा गर्ने कम्पनी बनाउनका लागि धेरै पुँजी भएको कम्पनी बनाउनुपर्ने झाँक्रीको तर्क थियो ।

कार्यत्र,ममा बोल्दै उनले भनिन् ‘पारिवारिक खालका साना कम्पनीले सरकारको सार्वजनिक खर्च गर्न सक्दैनन्। त्यसैले निर्माण कम्पनीको क्षमता विकास गर्नु आवश्यक छ। निर्माण कम्पनीको क्षमता विकास भएमा मात्रै प्राविधिको विस्तार, पारदर्शिता र जवाफदेहिता हुन्छ। त्यसैले अब ढिलो चाँढो सार्वजनिक क्षेत्रमा काम गर्ने निर्माण कम्पनी अनिर्वाय रुपमा सार्वजनिक कम्पनीमा जानुपर्छ ।’

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भूमिका छैन् : गंगा दाहाल

काठमाडौ, १४ असोज । अन्तर्राष्ट्रिय मुल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उल्लेख गर्दै यसमा सरकारको कुनै भुमिका नहुने प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव

Read More »
अर्थ
Omkar Tv

१३ अर्ब बढिको विकास ऋणपत्र निष्कासन गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौ, १४ असोज । नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८८–ग’

Read More »
राजनीति
Omkar Tv

मूल्यवृद्धिको विरोधमा रास्वपाले बहिस्कार गर्यो सात दलको बैठक

काठमाडौ, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिस्कार गरेको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले

Read More »