काँग्रेसका पौडेलपक्षीय भेलाको निष्कर्ष : ४ जनाबाट एक उम्मेदवार तय गर्ने जिम्मा शीर्ष नेतालाई 

Facebook
WhatsApp
Twitter

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले आयोजना गरेको भेलामा सहभागी नेताहरुले जसरी पनि साझा उम्मेदवार चयन गर्न सभापतिका आकांक्षीहरुलाई सुझाव दिएका छन्।

आज विहान बानेश्वरस्थित अनुपम फुड ल्यान्डमा बसेको पौडेलपक्षका नेताहरुको भेलामा सहभागी नेताहरुले जसरी पनि सभापतिमा साझा उम्मेदवार चयन गर्न आकांक्षीहरुलाई सुझाव दिएका हुन्।

भेलामा रामशरण महत, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल, गगन थापा, दिलेन्द्र बडु, चित्रलेखा यादव लगायत जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति, प्रदेश सभापति, केन्द्रीय सदस्यहरुको उपस्थिति थियो।

सभापतिका आकांक्षीलाई जसरी भए पनि साझा उम्मेदवार तय गर्न सुझाव आएको भेलामा सहभागी केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिएका छन। कुनै एक जनाको नाम लिने कुरा वा मतदान गर्ने कुराले विभाजन ल्याउने भएकाले भेलाले विभाजित भएर निष्कर्ष निकाल्न नसक्ने बताएको उनले जानकारी दिए।

त्यही अनुसार आजै ३ बजे चाक्सीबारीमा नेताहरु छलफलमा बस्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भूमिका छैन् : गंगा दाहाल

काठमाडौ, १४ असोज । अन्तर्राष्ट्रिय मुल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उल्लेख गर्दै यसमा सरकारको कुनै भुमिका नहुने प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव

Read More »
अर्थ
Omkar Tv

१३ अर्ब बढिको विकास ऋणपत्र निष्कासन गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौ, १४ असोज । नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८८–ग’

Read More »
राजनीति
Omkar Tv

मूल्यवृद्धिको विरोधमा रास्वपाले बहिस्कार गर्यो सात दलको बैठक

काठमाडौ, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिस्कार गरेको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले

Read More »