आजको विदेशी मुद्राको विनिमयदर, घट्यो डलर, युरो र पाउण्डको भाउ

Facebook
WhatsApp
Twitter

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलर भाउ सहित युरो र पाउण्डको भाउ पनि घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ११ पैसा कायम गरिएको छ । यो मूल्उ अघिल्लोदिनको तुलनामा ०५ पैसाले घटेको हो । सोमबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसामा कारोबार भएको थियो।

मंगलबार युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ७१ पैसा र बिक्रीदर १४३ रूपैयाँ ३६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २४ पैसाले घटेको हो। सोमबार यसको खरिददर १४२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १४३ रूपैयाँ ६० पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ भने २१ पैसाले घटेर एकको खरिददर १६७ रूपैयाँ १९ पैसा र बिक्रीदर १६७ रूपैयाँ ९४ पैसा कायम गरिएको छ । सोमबार भने यसको खरिददर १६७ रूपैयाँ ३९ पैसा र बिक्रीदर १६८ रूपैयाँ १५ पैसा तोकिएको थियो ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ४० पैसा र बिक्रीदर ८६ रूपैयाँ ७९ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ३८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८३ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९३ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९७ पैसा तथा बिक्री दर १० रुपैयाँ ०१ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३४ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३४ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५० पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३६ रूपैयाँ २४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २७ रूपैयाँ ८१ पैसा र बिक्रीदर २७ रूपैयाँ ९३ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ४२ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ३७ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ १० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

अर्थ
Omkar Tv

बलिउड फिल्म ‘आर्टिकल ३७०’ले कमायो ३२ करोड बढी, गयो नाफामा

काठमाडौं । बलिउड फिल्म ‘आर्टिकल ३७०’  फेब्रुअरी २३ बाट थिएटरमा लागेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रशंशा गरेको यामी गौतमको ‘आर्टिकल ३७०’ फिल्मले

Read More »
अर्थ
Omkar Tv

अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा बिक्री खुला

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले आजदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १ः१ अनुपातमा उक्त सेयर बिक्री खुला गरेको हो। कम्पनीले १ करोड

Read More »
अर्थ
Omkar Tv

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ

Read More »