रुस–युक्रेन युद्धमा परेका नेपालीको उद्धार गर्न सरकारलाई आयोगको निर्देशन

Facebook
WhatsApp
Twitter

काठमाडौं । रुस–युक्रेन युद्धमा परेका नेपाली नागरिकको उद्धार गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ । आइतबार विज्ञप्ति जारी गरेर आयोगले रुस–युक्रेन युद्धमा परेका नेपाली नागरिकको उद्धार गर्न सरकारलाई निर्देशन दिएको हो ।

 नेपाली नागरिक जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानवअधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुने भन्दै आयोगले रुस र युक्रेनबीच जारी युद्धका क्रममा विभिन्न गैरकानुनी बाटो प्रयोग गरी नेपाली त्यहाँका सेनामा भर्ना भएका जनाएको छ ।

‘युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न, स्वदेश फर्कन चाहने नेपालीहरूलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन, मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यसप्रकारको गैरकानुनी बाटोबाट वैदेशिक रोजगारमा जाने स्थितिको अन्त्य गरी नागरिकको जिउधनको सुरक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्राप्त जानकारीअनुसार युक्रेनी सेनाको आक्रमणमा परी रुसी सेनामा कार्यरत केही नेपालीको मृत्यु भएको, केही घाइते भई अस्पतालमा उपचाररत रहेका, केही नेपालीहरू विपक्षी सेनाको नियन्त्रणमा रहेका र सयौँको संख्यामा दुवैतर्फको सेनामा नेपालीहरू संलग्न रहेको बुझिन आएको छ ।’

Leave a Reply

Your email address will not be published.

अर्थ
Omkar Tv

बलिउड फिल्म ‘आर्टिकल ३७०’ले कमायो ३२ करोड बढी, गयो नाफामा

काठमाडौं । बलिउड फिल्म ‘आर्टिकल ३७०’  फेब्रुअरी २३ बाट थिएटरमा लागेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रशंशा गरेको यामी गौतमको ‘आर्टिकल ३७०’ फिल्मले

Read More »
अर्थ
Omkar Tv

अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा बिक्री खुला

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले आजदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १ः१ अनुपातमा उक्त सेयर बिक्री खुला गरेको हो। कम्पनीले १ करोड

Read More »
अर्थ
Omkar Tv

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ

Read More »