राष्ट्रिय सभा चुनावको कार्यतालिका स्वीकृत

Facebook
WhatsApp
Twitter


काठमाडौँ । नर्वाचन आयोगले आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावको कार्यतालिका र कार्यक्रम स्वीकृत गरेको छ ।

स्वीकृत कार्यतालिका अनुसार चुनावमा भाग लिन चाहने राजनीतिक दलले पुस १ देखि १० गतेसम्म दल दर्ता गर्नुपर्ने आयोगले जनाएको छ । यस्तै पुस १७ गते मतदाता नामावली प्रकाशन हुने र प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम सच्याउन दरखास्त दिने तथा मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ ।

यस्तै आयोगले पुस १८ र १९ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जनाएको छ । पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यस्तै पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने र माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

फागुनमा समयावधि सकिने १९ जना राष्ट्रिय सभा सदस्यका लागि चुनाव हुन लागेको हो । चुनावमा प्रदेश सभा सदस्य तथा पालिकाका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । एक जना प्रदेश सांसदको मत भार ४८ हुन्छ भने पालिका प्रमुख र उपप्रमुखको मत भार १८ रहेको छ । राष्ट्रिय सभा चुनावमा एमालेबाहेकका दलले गठबन्धन गर्ने सहमति गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भूमिका छैन् : गंगा दाहाल

काठमाडौ, १४ असोज । अन्तर्राष्ट्रिय मुल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उल्लेख गर्दै यसमा सरकारको कुनै भुमिका नहुने प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव

Read More »
अर्थ
Omkar Tv

१३ अर्ब बढिको विकास ऋणपत्र निष्कासन गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौ, १४ असोज । नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८८–ग’

Read More »
राजनीति
Omkar Tv

मूल्यवृद्धिको विरोधमा रास्वपाले बहिस्कार गर्यो सात दलको बैठक

काठमाडौ, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिस्कार गरेको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले

Read More »