काठमाडौँ । मोटरसाइकल चोरी गर्ने सात जनाको समूहलाई महानगरिय ट्राफिक प्रहरीले सार्वजनिक गरेको छ । महाशाखाले आज पत्रकार सम्मेलन गरेर विभिन्न समयमा मोटरसाइकल हराएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
सो समूहले चोरीका मोटरसाइकलमा विभिन्न पाटपूर्जा परिवर्तन गरेर प्रयोग गर्ने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रहरीले सवारी चेकजाँचका क्रममा चोरीका मोटरसाइकल सहित उनीहरुलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता सञ्जिवदास शर्माले जानकारी दिएका छन । ट्राफिक प्रहरीले यसअघि पनि विभिन्न समयमा चोरी भएका मोटरसाइकल फेला पारेर सम्बन्धीत सवारीधनीलाई हस्तान्तरतण गर्दै आएको छ ।