मंगरबारको ब्रत किन लिने र यो ब्रतले कस्तो फल दिन्छ ?थाहापाई राख्नुहोस् ।

Facebook
WhatsApp
Twitter

हिन्दु धर्म अनुसार हरेक साताको हरेक एकदिन कुनै न कुनै भगवानको नाममा ब्रत बस्ने गरिन्छ । त्यसैगरी आज मंगलबार पनि धेरैजना गणेश भगवानको प्रार्थना गरि ब्रत बस्ने दिन । गणेश भगवानको ब्रत बस्नाले कस्तो फल पाईन्छ भन्ने धेरैलाई थाह नहुन पनि सक्छ ।

विशेष रुपमा हेर्दा मंगबार ब्रत बस्नाले सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि एकदमै उत्तम मानिन्छ । यो ब्रत शुक्ल पक्षको पहिलो मङ्गलबारबाट सुरु गर्नुपर्ने धार्मिक मान्यता पनि छ ।

मंगलबारको ब्रतबाट मङ्गल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ । बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ‘ॐ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ । गणेश भगवानको आराधना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दान गर्नुपर्दछ ।

यो ब्रत कमसेकम २१ वटा मङ्गलबारसम्म लिने प्रचलन छ । सकिन्छ भने जीवनभरि नै लिए अझ राम्रो मानिन्छ । यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनु पर्दछ । एक छाक अलिनो भोजन गर्नु पर्दछ ।

ब्रत बस्नु धार्मिक दृष्टिकोणबाट मात्रै हैन शारीरिक तथा मानसिक रुपमा पनि स्वस्थ रहन एक दिन ब्रत बस्नु उपयुक्त हुन्छ । यसरी ब्रत बस्नाले मोटोपन कम हुने, आन्तरिक सन्तुलन र सुव्यवस्थाको स्थिति प्राप्त गर्ने , थकान र अनिद्रा भगाउने हुन्छु ।

ब्रतले संकल्प र शक्तिको विकास र दृढ रहनमा सहयोग गर्दछ । ब्रतमा भोकै बस्नुपर्ने हुनाले तपाईले खान मन गरेपनि तपाईको इन्द्रियको पुकार तपाईको इक्षाशक्तिले नियन्त्रण गरिदिन्छ । यदि तपाईको इच्छाशक्ति दृढ हुन सकेन भने तपाई केही फलफूल र दूध पिउन सक्नुहुन्छ ।

ब्रतले मानिसलाई त्याग गर्न सिकाउँछ । त्यसकारण पनि यो दिन तपाईले दान अथवा आफूले खाने खाना जसका लागि जरुरी छ उसलाई दिन सक्नुहुन्छ ।

ब्रतका दिन व्यक्ति शारीरिक र मानसिक रुपबाट हल्का महसुस गरिरहेको हुन्छ । चिन्तामुक्त बन्न सक्छ । यदि तपाई सहज तरिकाले एकाग्र चित्त बनाउन सक्नु भयो भने यी कुराहरु स्पष्ट हुन्छ ।

ब्रतको दिन सचेतन, स्वार्थहीन, शारीरिक र मानसिक रुपमा त्याग हुन जरुरी हुन्छ । यदि तपाई ब्रत बस्ने आफ्नो संकल्प पूरा गर्नु भयो भने तपाईको आत्मविस्वास दृढ बन्दै जान्छ ।
ब्रत लिदा विहानको समयमा मोमबत्ती या दीप बाल्नुहोस् । विहानको ध्यान गर्नुहोस्। केही धार्मिक ग्रन्थहरु पढेर आफ्नो दिनको सुरुवात गर्नुहोस् ।

जब बेलुका घर पुग्नुहुन्छ । हात खुट्टा धुनुहोस् । कपडा फेर्नुहोस् अनि चोखो खाना (प्रसाद) बनाउनुहोस् । खाना (प्रसाद) प्रेम र सद्विचार अथवा कुनै मन्त्र उच्चारण गर्दै बनाउनुहोस् । यो मनन गर्नुहोस् कि, ब्रत या अन्य बेला खाना बनाउँदा पूर्णरुपमा त्यसमा ध्यान दिनुहोस् र प्रशन्न मन लिएर बनाउनुहोस् अनि मात्र खानाखाने मान्छेको आत्मा तृप्त हुन्छ ।

पूजास्थानमा दीप, मोमबत्ती या अगरवत्ती बाल्नुहोस् । प्रकाशलाई स्वयं भगवानको उपस्थिति मानिन्छ । यसले ज्ञान र बुद्धि प्रदान गर्छ । फूल, फल र सुगन्ध विश्व, ब्रम्हाण्ड शक्तिको भेट मानिन्छ ।

त्यसपछि परिवार, साथीभाइ वा एक्लै बसेर भगवानको आरती गर्न सकिन्छ । त्यस समयमा भागवत् गीता लगायतका आफ्नो अनुसारको धार्मिक ग्रन्थको अध्याय पढ्न सक्नुहुन्छ । यातफेरि भजन गाउँदै प्रार्थना गर्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

बजेट निर्माणमा मैले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको छु : अर्थमन्त्री महत

काठमाडौं, २३ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र०८१ को बजेट निर्माणमा आफूले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको बताएका छन् । आज बसेको प्रतिनिधिसभा

Read More »
अर्थ
Omkar Tv

आज कुमारी बैंकको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

काठमाडौ, २३ जेठ । कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । मंगलबार कार्यालय समयसम्म मात्र यसमा आवेदन

Read More »
समाचार
Omkar Tv

गायक देवेन्द्र बरालको ‘माया गर्छु म’ मा कृष्ण र मिस पवीको अभिनय

काठमाडौं, २३ जेठ । गायक देवेन्द्र बरालको स्वर रहेको माया गर्छु मको भिडियो रिलिज भएको छ । डिपी खनालका शब्द तथा गायक बरालकै संगीत रहेको

Read More »