कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले कांग्रेसको सहमहामन्त्री उम्मेदवारी दिने घोषणा

Facebook
WhatsApp
Twitter

काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशन छ। मंसिर २५ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको छ।

उनले यसपालि सहमहामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन । कर्णाली प्रदेशको भुगोल कोटाबाट उम्मेदवारी दिने उनको घोषणा छ।उनी यसअघिका महाधिवेशनबाट लगातार तीन कार्यकाल केन्द्रीय सदस्य थिए।

उनी कांग्रेस हुम्लाको संस्थापक सभापति हुन्। २२ वर्षको उमेरमा कांग्रेसको हुम्लाको उनी पहिलो सभापति बनेका थिए।

त्यसयता २६ वर्ष लगातार जिल्ला सभापति भएर काम गरेका शाही ११ औं, १२ औं र १३ महाधिवेशनमा केन्द्रीय सदस्य भएका थिए।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भूमिका छैन् : गंगा दाहाल

काठमाडौ, १४ असोज । अन्तर्राष्ट्रिय मुल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उल्लेख गर्दै यसमा सरकारको कुनै भुमिका नहुने प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव

Read More »
अर्थ
Omkar Tv

१३ अर्ब बढिको विकास ऋणपत्र निष्कासन गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौ, १४ असोज । नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८८–ग’

Read More »
राजनीति
Omkar Tv

मूल्यवृद्धिको विरोधमा रास्वपाले बहिस्कार गर्यो सात दलको बैठक

काठमाडौ, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिस्कार गरेको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले

Read More »