काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा आज विभिन्न आठ खेल हुदै छन । आज समूह ‘ए’, बी, सी र डीका समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा हुदैछ ।
समूह ‘ए’ मा पिएसजीले क्लब ब्रुगसँग प्रतिस्पर्धा गर्दा आरबी लाइप्जिगले म्यानचेस्टर सिटीसँग खेल्दैछ । समुह ‘बी’ मा एफसी पोर्टो र एट्लेटिको म्याड्रिड तथा एसी मिलान र लिभरपुल प्रतिस्पर्धा हुनेछ ।
समूह ‘सी’ मा आयाक्सले स्पोर्टिङ सिपीसँग तथा बोरुसिया डर्टमुन्डले बेसिक्टाससँग खेल्दैछ । आयाक्स र स्पोर्टिङ सिपीले नकआउट चरणमा स्थान पक्का गरिसक्दा डर्टमुनन्ड र बेसिक्टास बाहिरिसकेको छ । बेसिक्टासले अंकको खाता खोल्न सकेको छैन ।
समूह ‘डी’ मा रियल म्याड्रिडले इन्टर मिलानसँग तथा साख्तर डोनेस्कले एफसी सेरिफसँग खेल्दैछ । यो समूहबाट रियल र इन्टरले नकआउट चरणको यात्रा तय गरिसक्दा सेरिफ र साख्तर बाहिरिसकेका छन् ।
रियल र इन्टरबीचको खेलले समूह विजेताको छिनोफानो गर्नेछ । समूह ‘ए’ खेल नेपाली समय अनुसार राती ११ः३० तथा अन्य तीन समूहका खेल राती १ः४५ बजे सुरु हुनेछन् ।