काठमाडौं । जाजरकोट भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १३८ पुगेको छ । गए राती जाजरकोटलाइ केन्द्र बनाएर गएको भुकम्प परी हालसम्म १३८ जनाको ज्यान गएको हो भने घाइतेको संख्या १६६ जना पुगेका छन् ।नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन् ।
र, रूकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन भने ८५ जना घाइते भएका छन । घाइतेहरूको स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा गरी उपचार भइरहेको छ ।
साथै, सो भुकम्पमा परी गम्भिर घाइतेहरूलाइ उपचारका लागि काठमाडौं ल्याइदैँछ ।नेपाल प्रहरीका अनुसार सो भुकम्प परी घाइतेहरू मध्ये ७ जनालाई नेपाल एअरलाइन्सवाट उडानद्वारा काठमाडौं ल्याइदै गरिएको हो