काठमाडौं । सरकारले जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुको उद्धार र राहतका लागि स्वास्थ्यकर्मीसहित हेलिकप्टर पठाउने भएको छ ।प्रधानमन्त्रीको सचिवालयले स्वास्थ्यकर्मीसहितको टोली लिएर प्रधानमन्त्रीसहितको टोली त्यसतर्फ जाने जानकारी दिएको हो ।
सचिवालयले भूकम्प पीडितको उद्दारका लागि कम्तिमा तीनवटा हेलिकोप्टर परिचालन हुने जनाएको छ । ‘भूकम्पका घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भनेका छन्, ‘घाइतेहरूको उद्धारका लागि औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भइरहेको छ ।’