नेपाली शब्दकोशबाट ‘ॐ’ हटाउन लागेको भन्दै आक्रोशित भए शङ्कर भण्डारी

Facebook
WhatsApp
Twitter

काठमाडौ, ९ असोज । काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले नेपाली शब्दकोशबाट ‘ॐ’ शब्द हटाउन लागिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले आफूले पाएको सूचनाअनुसार ‘ॐ’ शब्द हटाउन लागिएको भन्दै त्यस कार्यलाई तत्काल रोक्न सरकारलाई निर्देशन दिनुपर्ने बताए ।

कांग्रेसको केन्द्रीय समितिको बैठकमा उनले शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै सरकारको विरोधसमेत गरे ।नेता भण्डारीले भने, ‘नेपाली शब्दकोशबाट ‘ॐ’ हटाइँदैछ । आजकै बैठकबाट एउटा निर्णय गरियोस् । सरकारलाई निर्देश गरियोस् । यो हद भयो, अति भयो । सरकारसँग स्पष्ट जवाफ मागियोस् । यो कुरा सत्य हो भने सरकारले यो कार्य तुरन्त बन्द गरोस् ।’

उनले महासमिति बैठकमा हिन्दुराष्ट्रको ‘एजेन्डा’ पनि राख्न मागसमेत गरेका छन् । नेता भण्डारीले भने, ‘हामी पनि निर्वाचित केन्द्रीय सदस्य हो । देशभरिका कार्यकर्ताको आवाज हो । यो मूल एजेन्डा बनाउनुस् । नत्र धेरै अप्ठ्यारो पर्नेछ ।’

 

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टर र प्रधान सेनापतिबीच भेटवार्ता

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टर फर साउथ एसिया रियर एडमिरल एलिन लाउब्याचरले शिष्टाचार

Read More »

भुटानी शरणार्थी प्रकरणः खाँणको मुद्दामा यही मंसिर २८ गते सुनुवाइ हुने

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहेका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई रिहा गर्ने नगर्ने विषयको सुनुवाइ २८

Read More »
समाचार
Omkar Tv

आजको मौसम: कतै वर्षा, कतै हिमपातको सम्भावना 

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र र आन्द्र प्रदेश आसपास रहेको मिचौंङ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत

Read More »