साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोली ढाका जादै

Facebook
WhatsApp
Twitter

काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोली बंगलादेश प्रस्थान गर्ने भएको छ । बंगलादेशमा हुने प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज दिउँसो १ः४५ बजे त्रिभूवन विमानस्थलबाट उड्ने बताइएको छ ।

खेलाडी तथा पदाधिकारीहरुको भने अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार नै विदाइ गरेको थियो । नेपालले साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा बंगलादेश, श्रीलंका, भूटान र भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

उक्त प्रतियोगिता डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा हुनेछ । बंगलादेश जाने नेपाली टोलीमा मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठ सहित २३ सदस्य रहेका छन् । अघिल्लो सिजनमा उपविजेता बनेको नेपालले यो पटक उपाधि कब्जा गर्ने लक्ष्य लिएको छ ।

पहिलो खेल आयोजक बंगालदेशसँग डिसेम्बर ११ तारिखमा, दोस्रो खेल श्रीलंकासँग डिसेम्बर १५, तेस्रो खेल भूटानसँग डिसेम्बर १७ र चौथो खेल १९ डिसेम्बरमा भारतबिरुद्ध खेल्ने छ । त्यसपछि अंक तालिकाको शिर्ष दुई टीमबीच फाइनल खेल हुने छ ।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भूमिका छैन् : गंगा दाहाल

काठमाडौ, १४ असोज । अन्तर्राष्ट्रिय मुल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उल्लेख गर्दै यसमा सरकारको कुनै भुमिका नहुने प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव

Read More »
अर्थ
Omkar Tv

१३ अर्ब बढिको विकास ऋणपत्र निष्कासन गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौ, १४ असोज । नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८८–ग’

Read More »
राजनीति
Omkar Tv

मूल्यवृद्धिको विरोधमा रास्वपाले बहिस्कार गर्यो सात दलको बैठक

काठमाडौ, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिस्कार गरेको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले

Read More »