सरकारले भूमिहीनका समस्या तत्काल समाधान गर्नुपर्छः गोकुल बास्कोटा

Facebook
WhatsApp
Twitter

काठमाडौ, ३१ असार । भूमिहीनका समस्या तत्काल समाधान गर्न नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधि सभाको शुन्य समयमा उनले भूमिहीन र त्यसमा पनि लामो समयदेखि भोग चलन गर्दै आएकाहरुले समेत भूमिमाथि अधिकार प्राप्त गर्न नसकेको भन्दै उनले आक्रोश पोखे ।

सिन्धुपाल्चोक, पलाञ्चोक भगवती र बनेपाको बजार लगायतका देशका बिभिन्न ठाउँमा गुठीसमस्याबाट मानिसहरु पीडित रहेको भन्दै उनले तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।उनले भने, ‘आधा सिन्धुपाल्चोक गुठी समस्याले पीडित छ ।

काभ्रेको सिपाघाटमा त्यही छ । बजार बसिसक्यो घरको नक्सा पास हुँदैन् तर घर बनाउँछन। चण्डेश्वरी बनेपाको बजारमा त्यस्तै छ । पलाञ्चोक भगवतीमा २५ सय मानिसहरु जमिन आफ्नो नाममा छैन् तर कमाईरहेका छन् । छोराछोरी कसरी पढाउँछन् । यसको समस्याको समाधानको लागि माग गर्दछु ।’गुठीको जग्गा प्रयोग गर्दै आएकाहरुलाई उचित ढंगले व्यवस्थापन गर्नुपर्ने उनको माग छ ।

Leave a Reply

Your email address will not be published.

अर्थ
Omkar Tv

बलिउड फिल्म ‘आर्टिकल ३७०’ले कमायो ३२ करोड बढी, गयो नाफामा

काठमाडौं । बलिउड फिल्म ‘आर्टिकल ३७०’  फेब्रुअरी २३ बाट थिएटरमा लागेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रशंशा गरेको यामी गौतमको ‘आर्टिकल ३७०’ फिल्मले

Read More »
अर्थ
Omkar Tv

अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा बिक्री खुला

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले आजदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १ः१ अनुपातमा उक्त सेयर बिक्री खुला गरेको हो। कम्पनीले १ करोड

Read More »
अर्थ
Omkar Tv

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ

Read More »