बैतडीमा नवबिवाहित दम्पतिसहित जिप दुर्घटनामा ५ को मृत्यु, ५ घाइते

Facebook
WhatsApp
Twitter

काठमाडौा । बैतडीमा जिप दुर्घटनामा परी नवबिवाहित दम्पती सहित पाँच जनाको मृत्यु भएको छ । सोमबार साँझ ५ बजे पाटन बजारबाट पाटन नगरपालिका ७ केलपालतर्फ जादै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार थाल खोलामा दुर्घटनाग्रस्त भएको हो ।

मृत्यु हुनेमा पाटन ७ कैलपाल माइत भएकी २० बर्षीया मनिषा विक र सुर्नया ४ घर भएका उनका श्रीमान २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई, सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराई र ४० बर्षिय जानकी भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

मृतक मनिषा र प्रेमको दश दिन पहिले बिवाह भएको थियो । उनिहरु ससुराली जाँदै गर्दा दुर्घटनामा परी मृत्यु भएको हो । त्यसैगरी पाँच जना घाइते भएका छन् । घाइते हुनेमा पाटन १ का मानध्वज भट्टारई, ओमप्रकाश भट्टराईलाई, बिष्णु भट्टराई, दिपक भट्टराई र गोबिन्दी बिक रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

जिप सडकबाट २ सय मिटर तल खसेको छ ।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भूमिका छैन् : गंगा दाहाल

काठमाडौ, १४ असोज । अन्तर्राष्ट्रिय मुल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उल्लेख गर्दै यसमा सरकारको कुनै भुमिका नहुने प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव

Read More »
अर्थ
Omkar Tv

१३ अर्ब बढिको विकास ऋणपत्र निष्कासन गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौ, १४ असोज । नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८८–ग’

Read More »
राजनीति
Omkar Tv

मूल्यवृद्धिको विरोधमा रास्वपाले बहिस्कार गर्यो सात दलको बैठक

काठमाडौ, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिस्कार गरेको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले

Read More »