कृषि कार्यालयका कर्मचारीले किसानको होइन पार्टीको काम गर्छन् : सांसद शाही

Facebook
WhatsApp
Twitter

काठमाडौं, २८ असार । कृषि कार्यालयका कर्मचारीले किसानका काम नगरी दलको निर्देशनमा काम गर्ने गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीको भनाई छ । आज प्रतिनिधि सभाको शुन्य समयमा बोल्दे उनले जिल्ला जिल्लामा भएका कृषि कार्यालय पार्टीको काम गर्ने गरेको जिकिर गरेका हुँन् ।

सांसद शाही भने ‘जिल्ला जिल्लामा कृषि कार्यालय छन् । ती कृषि कार्यालयले कृषिको काम गर्दैनन् । पार्टीको काम गर्छन । मेरो जुम्लामा त कतिसम्म छ भने अस्ति चार पाँच वटा स्याउका बुटा लगाएको १७ लाख भन्दाबढी सरकारबाट राहत पाएको छ । यहीबाट राहत मिलाएर लगिन्छ । ’

त्यस्तै सहकारी पीडितका समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै उनले आपत्ति जनाएका छन् । सहकारीहरुले जनताको पैसा लुटेको उनको आरोप छ । ‘जनताको पैसा उठायो । सहकारीमा राख्यो । लुट्यो । कति आनन्द हेर्नुस् त । तिनिहरुलाई कारवाही गर्ने कि नगर्ने ?’ उनले भने ।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भूमिका छैन् : गंगा दाहाल

काठमाडौ, १४ असोज । अन्तर्राष्ट्रिय मुल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उल्लेख गर्दै यसमा सरकारको कुनै भुमिका नहुने प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव

Read More »
अर्थ
Omkar Tv

१३ अर्ब बढिको विकास ऋणपत्र निष्कासन गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौ, १४ असोज । नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८८–ग’

Read More »
राजनीति
Omkar Tv

मूल्यवृद्धिको विरोधमा रास्वपाले बहिस्कार गर्यो सात दलको बैठक

काठमाडौ, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिस्कार गरेको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले

Read More »