माओवादी केन्द्रका शिर्ष नेताहरू भारतमा भ्रमणमा जाँदै

Facebook
WhatsApp
Twitter

काठमाडौ, २१ असार । नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा निस्कदै छन् । सत्तारू भारतीय जनता पार्टीको निमन्त्रणामा उनीहरु भारत भ्रमणमा जान लागेका हुन । भाजपा अध्यक्ष जे पी नड्डाले पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपालका सत्तारूढ़ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउन लागेको जानकारी दिएका छन्।

भाजपा विदेश विभाग द्वारा आयोजित ‘Know BJP initiatives’  कार्यक्रममा बोल्दै भाजपा अध्यक्ष नड्डाले आफ्नो पार्टीको निमन्त्रणमा निकट भविष्यमै माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउने बताएका हुन ।

विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई भाजपाले भारतमा बोलाएर पार्टीको गतिविधि बारे जानकारी गराउने गरेको छ। नड्डाले भनेका छन, विभिन्न देशका राजनीतिक पार्टीहरूसंग आफ्नो सम्बन्ध बढाउने उद्देश्यका साथ हामीले विभिन्न देशका राजनीतिक दलहरूको प्रतिनिधिहरूलाई यहां भारतमा बोलाउने गरेका छौं र हाम्रा पार्टीका प्रतिनिधिहरू विभिन्न देशहरूमा जाने गरेका छन्। नेपालका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नड्डाको निमंत्रणमा गत वर्ष भारतको भ्रमण गरेका थिए।

 

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भूमिका छैन् : गंगा दाहाल

काठमाडौ, १४ असोज । अन्तर्राष्ट्रिय मुल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उल्लेख गर्दै यसमा सरकारको कुनै भुमिका नहुने प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव

Read More »
अर्थ
Omkar Tv

१३ अर्ब बढिको विकास ऋणपत्र निष्कासन गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौ, १४ असोज । नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८८–ग’

Read More »
राजनीति
Omkar Tv

मूल्यवृद्धिको विरोधमा रास्वपाले बहिस्कार गर्यो सात दलको बैठक

काठमाडौ, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिस्कार गरेको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले

Read More »