लाइसेन्सका लागि आजदेखि नयाँ आवेदन, राजस्व अनलाइनबाटै

Facebook
WhatsApp
Twitter

काठमाडौं, २० असार । यातायात व्यवस्था कार्यालयहरु लाग्ने गरेको भीड र विचौलिया प्रवृत्ति अब अन्त्य हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नवीकरण, वर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनः आवेदन विद्युतीय माध्यमबाट गर्ने भएको छ ।

‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएलगतै यातायात ब्यवस्था कार्यालयमा लाग्ने गरेको भीड र बिचौलियातन्त्रको अन्त्य गर्ने अठोट गरेको थिए, लाइसेन्सका लागि नयाँ आवेदन, नविकरण, सवारी बर्ग थप र राजश्व आजदेखि अनलाइनबाटै बुझाउने ब्यवस्था गरेका छौ’ अनलाइन सेवा सुरु गर्दै मन्त्री प्रकाश ज्वालाले भने, ‘आजदेखि गण्डकी प्रदेशको पोखराबाट सेवा सुरु गरेका छौ, एक महिनाभित्र देभभरका यातायात कार्यालयबाट अनलाइन सेवा सुरु गर्छौं ।’

आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले अनलाइन सेवाको सुरु गरे । अनलाइन सेवा सुचारु गर्दा राज्यमन्त्री नन्दा चपाईं, गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्लाली डिजिटल माध्यमबाट जोडिएका थिए ।

अनलाइन सेवा सुचारु भएपछि यातायात ब्यवस्था कार्यालयमा बायोमेट्रिक गर्न, लिखित परीक्षा र ट्राइल दिन मात्र जानुपर्नेछ । ‘स्वास्थ्य परीक्षणपनि यातायात ब्यवस्था कार्यालयबाट मात्र नभई प्रदेश मन्त्रालयले तोकेका चिकित्सकबाट पनि लिने ब्यवस्था गर्न लागेका छौ’ यातायात ब्यवस्था विभागमा महानिर्देशक नारायण प्रसाद भट्टराईले भने ।

नेपालमा झण्डै ३३ लाख ६० हजारले चालक अनुमति पत्र दिएका छन् । उनीहरु ऋब नवीकरण र वर्ग थपका लागि यातायात व्यवस्था कार्यालय बाहिर लाइन बस्न नपर्ने भएको छ । लाइसेन्स नवीकरण पनि पाँचरपाँच बर्षमा नभई १० वर्ष गर्ने व्यवस्था हुँदै छ ।

नयाँ आवेदन स्वीकृत भएको, लिखित परीक्षा प्रयोगात्मक परीक्षाको नतिजा हेर्न पनि अब यातायात कार्यालय जानुपर्दैन । ‘त्यसका लागि मोवाइल नम्वरमा एसएमएस आउने व्यवस्था गर्दैछौं,’ महानिर्देशक भने ।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टर र प्रधान सेनापतिबीच भेटवार्ता

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टर फर साउथ एसिया रियर एडमिरल एलिन लाउब्याचरले शिष्टाचार

Read More »

भुटानी शरणार्थी प्रकरणः खाँणको मुद्दामा यही मंसिर २८ गते सुनुवाइ हुने

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहेका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई रिहा गर्ने नगर्ने विषयको सुनुवाइ २८

Read More »
समाचार
Omkar Tv

आजको मौसम: कतै वर्षा, कतै हिमपातको सम्भावना 

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र र आन्द्र प्रदेश आसपास रहेको मिचौंङ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत

Read More »