एमालेले कायम गरेको रेकर्ड तोड्ने ल्याकत अन्य पार्टीको छैन : योगेश भट्टराई

Facebook
WhatsApp
Twitter


काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमाले नै सबैभन्दा धेरै जनाधार भएको पार्टी रहेको दावी गरेका छन् ।

चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले नेकपा एमालेको चितवनमा भएको १० औं राष्ट्रिय महाधिवेसनको उद्घाटन सत्रमा देखिएको जनसहभागिताले एमालेसँग धेरै जनाधार भएको पुष्टि गरेको बताएका हुन । जनताको मतको मात्रै नभएर मनको समेत प्रतिनिधित्व गर्ने पार्टी नेकपा एमाले रहेको उनको दावी छ ।

नेकपा एमालेको जस्तो जनउपस्थितीलाई चुनौती दिन नसक्ने भएकाले अन्य पार्टीहरुले जनसभा नगर्ने निर्णयमा पुगेको उनको भनाई छ । एमालेले कायम गरेको रेकर्ड तोड्ने ल्याकत अन्य पार्टीको नभएको भट्टराईको दावी छ

Leave a Reply

Your email address will not be published.