प्यालेस्टिनी सहरमा इजरायलद्वारा हवाई हमला, ८ जनाको मृत्यु

Facebook
WhatsApp
Twitter

काठमाडौं, १९ असार । इजरायल र प्यालेस्टाइनबीच केही दिनदेखि जारी तनाव सोमबारबाट खतरनाक बन्दै गएको छ । इजरायली वायुसेनाले प्यालेस्टाइनको कब्जामा रहेको वेस्ट बैंक क्षेत्रको जेनिन सहरमा हवाई आक्रमण गरेको थियो। जसमा ८ प्यालेस्टिनी मारिएका छन् ।

आक्रमणपछि इजरायली स्थल सेना पनि अपरेशनमा सामेल भएको थियो। यस क्रममा २० प्यालेस्टाइनी पक्राउ परेका थिए । यो अपरेशन चलिरहेको छ। यसैबीच प्यालेस्टाइनको आतंकवादी संगठनले इजरायललाई ध्वस्त बनाउने धम्की दिएको छ ।

अर्कोतर्फ इजरायलले भन्यो– जेनिनमा रहेको शरणार्थी शिविरलाई आतंकवादी लुकाउन र हतियार राख्न प्रयोग भइरहेको छ । इजरायलले पनि उनीहरुको तस्विर सार्वजनिक गरेको छ ।

प्यालेस्टाइनमा रहेका हमासका लडाकुहरूले केही दिन देखि इजरायलमा आक्रमण गरिरहेका थिए। यस क्रममा रकेटसँगै मोर्टार र बन्दुकको प्रयोग भएको थियो । यसपछि सोमबार बिहान इजरायली वायुसेनाले जेनिनमा हवाई आक्रमण गरेको हो ।

‘टाइम्स अफ इजरायल’का अनुसार आक्रमणमा ८ प्यालेस्टाइनीको मृत्यु भएको छ । २० जना पक्राउ परेका छन् । जेनिनलाई शरणार्थीहरूको सहर भनिन्छ, तर यहाँका शरणार्थी शिविरहरूलाई आतंकवादी लुकाउने ठाउँको रूपमा प्रयोग भइरहेको छ। इजरायलको लागि खतरा बढ्दै जाँदा यो अपरेशन जारी रहने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भूमिका छैन् : गंगा दाहाल

काठमाडौ, १४ असोज । अन्तर्राष्ट्रिय मुल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उल्लेख गर्दै यसमा सरकारको कुनै भुमिका नहुने प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव

Read More »
अर्थ
Omkar Tv

१३ अर्ब बढिको विकास ऋणपत्र निष्कासन गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौ, १४ असोज । नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८८–ग’

Read More »
राजनीति
Omkar Tv

मूल्यवृद्धिको विरोधमा रास्वपाले बहिस्कार गर्यो सात दलको बैठक

काठमाडौ, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिस्कार गरेको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले

Read More »