काँग्रेसले तामझामकासाथ महाधिवेशन नगर्ने

Facebook
WhatsApp
Twitter

काठमाडौा । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तामझामकासाथ महाधिवेशन नगर्ने बताएका छन ।

आज प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताको अवस्थालाई हेरेर तामझामका साथ महाधिवेशन नगर्ने बताएका छन । काँग्रेस उदार र जिम्मेवार पार्टी भएको उनको भनाई छ ।

देउवाले अधिवेशनमा झापा बात मान्छे उतार्न सक्ने भएपनि त्यो नगर्ने बताएका छन । यस्तै, कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेकाले कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने पनि उनको भनाइ छ । देउवाले अहिलेको सत्ता गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्रै रहेको दोहोर्याएका छन । आउँदो माघ १२ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ । राष्ट्रिय सभाका २० सदस्यको पदावधि आउँदो फागुन २० गते सकिँदैछ ।

२० सदस्यमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने छन् भने १९ पदका लागि चुनाव हुनेछ । यस्तै, नेपाली कांग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एक पटक फेरि आफूले सभापति भएर काम गर्न चाहेको बताएका छन । यसका लागि सहयोग गरिदिन उनले आग्रह समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published.