असारको तेश्रो सातासम्म ‘आइएमई पे’मा बिजुली र पानीमा क्यासब्याक अफर

Facebook
WhatsApp
Twitter

काठमाडौ, १७ असार । ‘आइएमई पे’ ले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ । कम्पनीले यो अफर असार १७ गतेदेखि असार २३ गतेसम्म अर्थात् एक हप्ताका लागि ल्याउन लागेको हो । यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत पानीको बिल भुक्तानी गर्दा १०० सम्म १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

एक हप्तामा ग्राहकले सो क्यासब्याक पटक–पटक प्रयोग गर्न पाउने छन् । साथै ग्राहकवर्गले बिजुलीको बिल आइएमई पे मार्फत भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा छुट दिने भएको छ । सो क्यासब्याक एवम् छुट ग्राहकवर्गलाई आफ्नो घरायसी बिलहरु विद्युतीय मध्यम मार्फत तिर्न प्रोत्साहन गर्ने उदेश्यका साथ प्रदान गरिएको हो ।

‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता भएको बताएको छ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धिधत आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टर र प्रधान सेनापतिबीच भेटवार्ता

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टर फर साउथ एसिया रियर एडमिरल एलिन लाउब्याचरले शिष्टाचार

Read More »

भुटानी शरणार्थी प्रकरणः खाँणको मुद्दामा यही मंसिर २८ गते सुनुवाइ हुने

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहेका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई रिहा गर्ने नगर्ने विषयको सुनुवाइ २८

Read More »
समाचार
Omkar Tv

आजको मौसम: कतै वर्षा, कतै हिमपातको सम्भावना 

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र र आन्द्र प्रदेश आसपास रहेको मिचौंङ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत

Read More »