काठमाडौ, १७ असार । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो नाम मुछिएपछि सो प्रकरणमा आफ्नो वा आफू निकट कुनै व्यक्तिको स्वार्थ नजोडिएको दाबी गरेका छन् । आज समाजिक सञ्जाल मार्फत उनले देशमा राज्यको सम्पत्ति निजी लाभको निम्ति दोहन गर्ने र शक्तिको दुरुपयोग गर्ने प्रवृत्ति भयङ्कर रूपले झाँगिएको स्थितिमा ललिता निवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन होस् र दोषीलाई कडाभन्दा कडा कारबाही होस् भनेर आफूले निरन्तर आवाज उठाइरहेको डा.भट्टराईले स्मरण गराएकाछन् ।
उनले आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस् भनेर उनले यो प्रकरणको छिटो टुंगो लगाउन मागसमेत गरेका छन् । कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस् भनेर पनि डा.भट्टराईले सचेत गराएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ललिता निवास प्रकरणको पुछारमा मेरो प्रमकालको मन्त्रिपरिषद्को निर्णय पनि जोडिन पुगेकाले धेरै महानुभावहरूले चिन्ता र चासोसहित वास्तविकता सार्वजनिक गरिदिन आग्रह गर्नुभएको छ। मेरो करिब १९ महिने प्रमकालमा प्रकृयागत ढंगले सयौं निर्णय भएका छन् । तीबारे प्रमले सबै सम्झनसक्ने कुरो हुॅदैन म प का निर्णयहरू एकाध बाहेक सबै सम्बन्धित मन्त्रालयबाटै उत्पत्ति भएर आएका हुन्छन् १ तिनलाई मुख्यसचिवले बैठकमा प्रस्तुत गरेपछि म प को सम्बन्धित समितिमा पठाइन्छ १ त्यसले सबै जाँचबुझ गरेर सिफारिस गरेपछि म प ले विधिवत् निर्णय गर्छ।