बेल्जियम पुग्यो फ्रान्सको हिंसा, राष्ट्रपति म्याक्रोनको जर्मन भ्रमण स्थगित 

Facebook
WhatsApp
Twitter

काठमाडौ, १७ असार ।फ्रान्समा १७ वर्षीय बालक नाहेलको हत्याको पाँचौ दिनसम्म पनि हिंसा जारी छ । जसका कारण राष्ट्रपति इमानुएल म्याक्रोनले आफ्नो जर्मनी भ्रमण स्थगित गरेका छन् । उनले जर्मन राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरसँग कुरा गरेपछि आफ्नो भ्रमण स्थगित भएको घोषणा गरे। उनी आइतबारदेखि तीन दिने जर्मनी भ्रमणमा जाँदै थिए । अर्कोतर्फ फ्रान्समा फैलिएको हिंसा बेल्जियमसम्म पुगेको छ। त्यहाँ भएका हिंसाहरूको तस्विर र भिडियोहरू सामाजिक सञ्जालमा देखिन थालेका छन् ।

राष्ट्रपति इमानुएल म्याक्रोनले बेलायती गायक एल्टन जोनको कन्सर्टको मजा लिइरहेको भिडियो सार्वजनिक भए पछि उनको ब्यापक आलोचना भइरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले यसलाई राष्ट्रपतिको गैरजिम्मेवारपूर्ण व्यवहार भनेका छन् । सीएनएनका अनुसार बुधवार पेरिसमा एल्टनको कन्सर्ट थियो। म्याक्रोन त्यहाँ आफ्नी पत्नीसँग देखा परेका थिए। एल्टनका पतिले म्याक्रोनसँग स्टेज पछाडि खिचिएको फोटो पनि पोस्ट गरे पछि राष्ट्रपतिको ब्यापक आलोचना सुरू भएको हो ।

आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले प्रदर्शनकारीले हालसम्म देशभर २ हजारभन्दा बढी कार जलाएका छन् । प्रदर्शनमा दुई सयभन्दा बढी प्रहरी घाइते भएका छन् भने प्रदर्शनकारीहरूले सात सयभन्दा बढी पसल, सुपरमार्केट, रेष्टुरेन्ट र बैंकमा आगजनी र तोडफोड गरेका छन् । चौथो दिन प्रहरीले १३ सय आन्दोलनकारीलाई पक्राउ गरेको छ । न्याय मन्त्री एरिक डुपोन्ट मोरेट्टीले भने, ‘पक्राउ परेका मध्ये ३० प्रतिशत १८ वर्ष मुनिका छन् ।

रोयटर्सका अनुसार स्थिति नियन्त्रण गर्न सडकमा ४५ हजार प्रहरीसहित सशस्त्र सवारीसाधन तैनाथ गरिएको छ। अल्जेरियन मुलका एक किशोरलाइ ट्रापफिक प्रहरीले नियन्त्रणमा लिएर गोली चलाए पछि फ्रान्समा हिंसा फैलिएको हो । जुन अझै जारी छ ।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भूमिका छैन् : गंगा दाहाल

काठमाडौ, १४ असोज । अन्तर्राष्ट्रिय मुल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उल्लेख गर्दै यसमा सरकारको कुनै भुमिका नहुने प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव

Read More »
अर्थ
Omkar Tv

१३ अर्ब बढिको विकास ऋणपत्र निष्कासन गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौ, १४ असोज । नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८८–ग’

Read More »
राजनीति
Omkar Tv

मूल्यवृद्धिको विरोधमा रास्वपाले बहिस्कार गर्यो सात दलको बैठक

काठमाडौ, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिस्कार गरेको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले

Read More »