हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा २५ गतेसम्म आवेदन दिन सकिने

Facebook
WhatsApp
Twitter

काठमाडौ, १७ असार । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा असार २५ गतेसम्म आवेदन दिन सकिने भएको छ ।यसअघि कम्पनीले असार १० गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने व्यवस्था गरेको थियो । तर त्यस अवधिमा सबै नबिके पछि समय थपिएको हो । थपिएको समय अनुसार अब असार २५ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । हिमाल दोलखाले जेठ २२ गतेदेखि ७५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । यसले १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको छ ।

जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीमा ल्याएको छ । हकप्रद सेयरको लागि यस कम्पनीले वैशाख २७ मा बुक क्लोज गरेको थियो । वैशाख २६ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर भर्न पाउँछन् ।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता उच्च जोखिममा रहेको संकेत गर्दछ । कम्पनीको हकप्रद सेयरमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।

हकप्रदमा लक्ष्मी क्यापिटल तथा हिमाल दोलखा हाइड्रोपावर र लक्ष्मी बैंकको इलाम शाख कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टर र प्रधान सेनापतिबीच भेटवार्ता

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टर फर साउथ एसिया रियर एडमिरल एलिन लाउब्याचरले शिष्टाचार

Read More »

भुटानी शरणार्थी प्रकरणः खाँणको मुद्दामा यही मंसिर २८ गते सुनुवाइ हुने

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहेका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई रिहा गर्ने नगर्ने विषयको सुनुवाइ २८

Read More »
समाचार
Omkar Tv

आजको मौसम: कतै वर्षा, कतै हिमपातको सम्भावना 

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र र आन्द्र प्रदेश आसपास रहेको मिचौंङ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत

Read More »