भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता पाउने छ : प्रधानमन्त्री दाहाल

Facebook
WhatsApp
Twitter

काठमाडौ, १६ असार । भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता पाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन । आज दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन ।

‘बजेट पास होला कि नहोला भन्ने तरंग थियो। विनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ,’ प्रधानमन्त्रीले भने, ‘यसपटक हामीले भिन्न ढंगले नै काम सुरू गरेका छौँ। यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ।

जनताले भोगेका समस्या सम्बोधन गर्न पूरै कोसिस गरिएको जनाउँदै प्रचण्डले विदेशमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेकाे जनाउँदै त्यसको दूरगामी अर्थ रहेकाेसमेत बताएका छन् ।

भ्रष्टाचार देशको बिकराल समस्या भएकाे उनकाे भनाइ छ । ‘नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ। थप तीव्रताका साथ अघि बढ्छ,’ उनले भने, ‘अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने थियो। तर, अर्थतन्त्र बिस्तारै लयमा फर्किएको छ।’

 यसपटकको भारत भ्रमण ऐतिहासक भएको उनकाे दावी छ। राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएकाे पनि उनले जनाएका छन् । ‘भारतीय प्रधानमन्त्रीले आफै सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो। यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैन, ” प्रधानमन्त्रीले भने, ‘पारवाहन सन्धि पुनरावलोकन पनि महत्वपूर्ण निर्णय हो। विद्युत व्यापार सम्झौता पनि सामान्य कुरा होइन।’ उनका अनुसार १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य नभएकाे जनाउँदै उनले अब विद्युत व्यापार अघि बढ्नेसमेत जनाएका छन ।

‘लगानीको ढोका पनि खुल्छ। यो आउने पिँढीले पनि सम्झिरहने काम हो,’ उनले भने  । “राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको छु। छिट्टै चीन भ्रमण हुँदैछ, त्यसको तयारी भएको छ। त्यहाँ पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुन्छ’ उनले भने, ‘गठबन्धनको सरकार पाँच वर्ष चल्छ।

यो कसैले हिलाएर हिल्दैन। हामी समझदारीका साथ अगाडि बढ्छौँ।'”एयररूटका लागि भारतसँग कुरा गरिएको छ। छिट्टै त्यो निष्कर्षमा पुग्छ। चीन जाँदा पनि यो विषयमा छलफल हुन्छ, ” प्रधानमन्त्रीले भन्नुभयो।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टर र प्रधान सेनापतिबीच भेटवार्ता

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टर फर साउथ एसिया रियर एडमिरल एलिन लाउब्याचरले शिष्टाचार

Read More »

भुटानी शरणार्थी प्रकरणः खाँणको मुद्दामा यही मंसिर २८ गते सुनुवाइ हुने

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहेका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई रिहा गर्ने नगर्ने विषयको सुनुवाइ २८

Read More »
समाचार
Omkar Tv

आजको मौसम: कतै वर्षा, कतै हिमपातको सम्भावना 

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र र आन्द्र प्रदेश आसपास रहेको मिचौंङ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत

Read More »