काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ७ सय रुपैयाले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।
आइतबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला एक हजार १२ सय रुपैयाँ कारोबार भइरहेको छ ।