आजको मौसमः देशभरी वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीका केही भागमा हावाहुरी चल्ने

Facebook
WhatsApp
Twitter

काठमाडौं, १६ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जनरचट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना र गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघ–गर्जन,चट्याङ्ग, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भूमिका छैन् : गंगा दाहाल

काठमाडौ, १४ असोज । अन्तर्राष्ट्रिय मुल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उल्लेख गर्दै यसमा सरकारको कुनै भुमिका नहुने प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव

Read More »
अर्थ
Omkar Tv

१३ अर्ब बढिको विकास ऋणपत्र निष्कासन गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौ, १४ असोज । नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८८–ग’

Read More »
राजनीति
Omkar Tv

मूल्यवृद्धिको विरोधमा रास्वपाले बहिस्कार गर्यो सात दलको बैठक

काठमाडौ, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिस्कार गरेको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले

Read More »