भ्रष्टाचारविरुद्धको कारबाही तीव्र बनाइनेछ : गृहमन्त्री श्रेष्ठ

Facebook
WhatsApp
Twitter

काठमाडौं,जेठ २८ गते ।  सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । शनिबारदेखि महोत्तरीका विभिन्न कार्यक्रममा सहभागि रहेका उनले आज बिहान बर्दिबास–४ माईस्थानमा स्थानीयवासीसँगको भेटघाटमा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र बनाइने प्रतिबद्धता जनाएका छने ।

“जो होस्, गलत गर्ने कारबाहीको भागी बन्छ, अब राजनीतिक हैसियत र टठ्याइँ देखाएर उन्मुक्ति पाइँदैन”, उपप्रधानमन्त्री श्रेष्ठले भने । यसअघि राजनीतिक दलका नेताहरूले जिम्मेवारी र दायित्व नबुझ्दा जनताले सुशासनको प्रत्याभूति पाउन नसकेका उनको भनाइ छ ।

“गरिबीको दुश्चक्रमा पिसिएका आम जनता अझै निर्धक्क आफ्ना कुरा सम्बद्ध अधिकारीसम्म पुर्याउन सकेका छैनन्, ती वर्गका जनताले लोकतन्त्रको महसुस गर्न सक्नुपर्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “प्रहरी, प्रशासनिक अधिकारी र सम्बद्ध पक्षले कुनै लाउके वा बिचौलियाको होइन, सिधै पीडितको कुरा सुन्ने र निदान दिने परिपाटी बढाउन पर्छ ।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टर र प्रधान सेनापतिबीच भेटवार्ता

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टर फर साउथ एसिया रियर एडमिरल एलिन लाउब्याचरले शिष्टाचार

Read More »

भुटानी शरणार्थी प्रकरणः खाँणको मुद्दामा यही मंसिर २८ गते सुनुवाइ हुने

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहेका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई रिहा गर्ने नगर्ने विषयको सुनुवाइ २८

Read More »
समाचार
Omkar Tv

आजको मौसम: कतै वर्षा, कतै हिमपातको सम्भावना 

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र र आन्द्र प्रदेश आसपास रहेको मिचौंङ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत

Read More »