यू–१९ राष्ट्रिय टोलीको प्रारम्भीक छनोटमा २० खेलाडी

Facebook
WhatsApp
Twitter

काठमाडौँ । नेपाल क्रिकेट संघले आगामी डिसेम्बरमा युएईमा आयोजना हुने भनिएको यु–१९ एसिया कपको लागि २० सदस्यीय राष्ट्रिय टिमको प्रारम्भीक घोषणा गरेको छ।

काठमाडौंमा आइतबार सम्पन्न यु–१९ राष्ट्रिय प्रतियोगिता सकिएकै दिन टोली घोषणा गरेको हो। प्रतियोगिता डिसेम्बर २० तारिख देखि २ जनवरीसम्म चल्ने बताईएको छ। यद्यपी कोरोनाको नयाँ भेरिएन्टका कारण एसिया कप समयमै आयोजना हुने वा नहुने अधिकारिक घोषणा एसीसीले गरेको छैन।

क्यानले आगामी मङ्सिर २२ गतेदेखि यु–१९ एसिया कपको लागि बन्द प्रशिक्षण थाल्ने बताएको छ। तर क्यानले प्रशिक्षक भने घोषणा गरेको छैन ।

यु–१९ एसिया कपमा नेपाल सहित, अफगानिस्तान, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, युएई र कुवेत प्रतिस्पर्धा गर्नेछन्।

घोषित टिममा देव खनाल, मोहम्मद हुसेन, बसिर एहमद, सन्तोष कार्की, बिबेक यादव, बिबेक राना मगर, तिलक राज भण्डारी, सोनु अन्सारी, दिपेश कंडेल, अर्जुन कुमाल, कमल परियार, अनुज चनारा, प्रकाश जैसी, बसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुल्सन झा, बिपिन शाही, आदील अन्सारी रहेका छन।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भूमिका छैन् : गंगा दाहाल

काठमाडौ, १४ असोज । अन्तर्राष्ट्रिय मुल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उल्लेख गर्दै यसमा सरकारको कुनै भुमिका नहुने प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव

Read More »
अर्थ
Omkar Tv

१३ अर्ब बढिको विकास ऋणपत्र निष्कासन गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौ, १४ असोज । नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८८–ग’

Read More »
राजनीति
Omkar Tv

मूल्यवृद्धिको विरोधमा रास्वपाले बहिस्कार गर्यो सात दलको बैठक

काठमाडौ, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिस्कार गरेको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले

Read More »