आज कुमारी बैंकको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

Facebook
WhatsApp
Twitter

काठमाडौ, २३ जेठ । कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । मंगलबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

बैंकले जेठ १७ गतेदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन बुधबार बिहान १० बजे कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा खोलिनेछ ।

Leave a Reply

Your email address will not be published.

समाचार
Omkar Tv

सुनको भाउमा फेरी नयाँ रेकर्ड कायम

काठमाडौं । सुनको भाउमा फेरी नयाँ रेकर्ड कायम भएको छ। बिहीबार सुन तोलामा ११०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार

Read More »
समाचार
Omkar Tv

जनपद समूहतर्फ आठ डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।बुधबार आईजीपी वसन्त कुँवरको अध्यक्षतामा बसेको बढुवा

Read More »