नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, एयरपोर्ट मिटर ट्याक्सी इकाइ समितिका अध्यक्ष दिलबहादुर शाक्यले विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महँगो भएको र आफूहरूमाथि ज्यादती गरेको भन्दै सेवा बन्द गर्नुपरेको बताए ।
विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । यसअघि २० रूपैयाँ लिने गरेकोमा अहिले ८० रूपैयाँ लिएको र यसबाट सर्वसाधारणसँगै महँगो भाडा लिनुपरेको मजदुरहरूले जनाएका छन् ।
यस विषयमा धेरै पटक पत्रचार गर्दा पनि सम्बन्धित निकायले कुनै सुनुवाइ नगरेकाले बाध्य भएर आन्दोलन गनुपरेको उनीहरूले जनाएका छन् ।