आयोग गठन लगतै मिटरब्याज पीडितको आन्दोलन फिर्ता, अर्को समुहको आन्दोलन भने जारी

Facebook
WhatsApp
Twitter

काठमाडौं, चैत २१ । मिटरब्याज पीडितले सरकारले आयोग गठन गरे लगतै १९ दिनदेखि गर्दै आएको आन्दोलन फिर्ता भएको छ । मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले बिशेष अदालतको पूर्व अध्यक्ष गौरीबहादुर प्रधानको संयोजकत्वमा जाँचवुझ आयोग गठन गरेको छ । आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तम सुवेदी र महान्यायधिवक्ता कार्यालयका पूर्व नायव महान्यायधिवक्ता गणेशबहादुर आर्याल सहभागि छन् । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो ।मिटरब्याज विरुद्ध संघर्ष समितिले उच्चस्तरीय आयोग गठनको माग गर्दै गत २ चैतदेखि आन्दोलन गर्दै आएका थिए ।

यहीक्रममा उनीहरु महोत्तरीको बर्दिवासदेखि १२ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका थिए । काठमाडौंमा चरणवद्ध आन्दोलन गर्न थालेपछि सरकारले उनीहरुसँग वार्ता गर्न टोली गठन गरेको थियो । सोही टोलीले शनिवार उनीहरुसँग पाँच वुँदे सहमति गरेको थियो । सहमतिमा पीडितको समस्या सम्वोधन गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्ने र आयोग गठन लगतै विरोेधका सबै कार्यक्रम फिर्ता लिने लगायतका वुँदा समेटिएका थिए । सोही सहमति अनुसार संघर्ष समितिले आन्दोलन फिर्ता लिएको हो ।

उत्ता, मिटरब्याज पीडितको अर्को समुह मिटरब्याज तथा ठगि विरद्ध किसान–मजदुर संघर्ष समितिले भने सोमवारबाट आन्दोलन सुरु गरेको छ । उनीहरुले आन्दोलनका कार्यक्रमको सम्वन्धमा मंगलवार दिउँसो पत्रकार सम्मेलन नै राखेका छन् । रत्पार्कस्थित शान्ति बाटिकामा रहेका उनीहरुले सोमवार दिनभर माइतीघर मण्डालामा बिरोध प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भूमिका छैन् : गंगा दाहाल

काठमाडौ, १४ असोज । अन्तर्राष्ट्रिय मुल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उल्लेख गर्दै यसमा सरकारको कुनै भुमिका नहुने प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव

Read More »
अर्थ
Omkar Tv

१३ अर्ब बढिको विकास ऋणपत्र निष्कासन गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौ, १४ असोज । नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८८–ग’

Read More »
राजनीति
Omkar Tv

मूल्यवृद्धिको विरोधमा रास्वपाले बहिस्कार गर्यो सात दलको बैठक

काठमाडौ, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिस्कार गरेको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले

Read More »