शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे

Facebook
WhatsApp
Twitter

काठमाण्डौ – शेयर बजार आज बुधवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ७६ अंकले घटेर एक हजार नौ सय ३३ दशमलव ३० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको  छ ।

बजार घटेको दिन दुई सय ६६ वटा कम्पनीका ३७ लाख ७७ हजार कित्ता शेयर एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको नौ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल तराईको शेयर साढे सात प्रतिशत तथा धौलागिरि लघुवित्त र मानुषी लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि मायाखोला जलविद्युत् र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रमोटर शेयर १० प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

बजेट निर्माणमा मैले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको छु : अर्थमन्त्री महत

काठमाडौं, २३ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र०८१ को बजेट निर्माणमा आफूले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको बताएका छन् । आज बसेको प्रतिनिधिसभा

Read More »
अर्थ
Omkar Tv

आज कुमारी बैंकको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

काठमाडौ, २३ जेठ । कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । मंगलबार कार्यालय समयसम्म मात्र यसमा आवेदन

Read More »
समाचार
Omkar Tv

गायक देवेन्द्र बरालको ‘माया गर्छु म’ मा कृष्ण र मिस पवीको अभिनय

काठमाडौं, २३ जेठ । गायक देवेन्द्र बरालको स्वर रहेको माया गर्छु मको भिडियो रिलिज भएको छ । डिपी खनालका शब्द तथा गायक बरालकै संगीत रहेको

Read More »