काठमाडौं, चैत ८ गते । आज सत्ता साझेदार दलको बैठक बस्ने भएको छ । आज बेलुका ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरु बसेर मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्ने भएका हुन् । सत्ता साझेदार दलका शीर्ष नेताहरु बसेर छलफल गर्दै छन् ।
सरकारमा सहभागी हुने विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार छलफल गरेका थिए । प्रचण्ड र देउवाबीच सरकारमा सहभागी हुने विषयमा कसरी भागबण्डा गरेर जाने भन्ने विषयमा कुराकानी भएको बताइएको छ ।प्रहरी महानिरीक्षक अब कसलाई बनाउने भन्ने विषयमा समेत प्रचण्ड र देउवाबीच संवाद चल्दै आएको छ ।